रुद्रेश्वर टोलको भित्री सडकमा स्ल्याब ढलान

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेस्थित रुद्रेश्वर टोलको भित्री सडक स्ल्याब ढलान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका कार्यालय तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालय तथा स्थानीय उपभोक्ताको आर्थिक एवम् जनश्रमदानमा करिब एक सय ३० मिटर स्लाब ढलान गरिएको हो ।
स्लाब ढलान कार्यका लागि उपमहानगरपालिकाका तर्फबाट सात लाख सोह्र हजार आठ सय, उपभोक्ताबाट दुई लाख चार हजार आठ सय र एक लाख दुई हजार रुपैंया जनश्रमदान गरी दश लाख २४ हजार एक सय लागमा स्लाब ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष भोला पौडेलले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाको भित्री सडक अन्तर्गत रुद्रश्वर टोलमा स्ल्याब ढलान कार्यपछि अब वर्षायाका बेलामा हिलोका कारण हिड्न समस्या नहुने अपेक्षा गरिएको छ । उपमहानगरपालिकाको सहयोगमा स्ल्याब ढलान कार्य भएकोमा स्थानीय पनि दंग छन् ।