‘अपजस पाउँदा पनि महत्वपूर्ण काम गरियो ’

लोकखबर
२९ माघ २०७६, बुधबार १६:५८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको दुई वर्षको समयमा महत्वपूर्ण कार्य भएको दाबी गरेका छन् ।
प्रदेश सरकारको देस्रो स्थापना दिवसका अवसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारको दुई वर्ष उत्तिकै खेर नगएको बताए । ‘हाम्रो दुई वर्ष अवधि त्यतिकै खेर गएको छैन । सरकारले हरेक क्षेत्रमा उपस्थिती जनाएको छ । ’ मुख्यमन्त्री पौडेलले भने,‘हामी मेहनतका साथ लागिपरेका छौं । साना तथा ठूला योजनाका साथ प्रदेश सरकार हरेक क्षेत्रमा उपस्थित छ । ’

मुख्यमन्त्री पौडेलले दुई वर्षमा प्रदेशको नाम र राजधानी टुंगो लगाउँनु नै महत्वपूर्ण उपलब्धि भएको बताए । राजधानी तथा नामको कुराका लागि धेरै मेहनत गर्नुपर्‍यो, धेरै टाउको दुःखाउँनुपर्‍यो । ’ मुख्यमन्त्री पौडेलले भने,‘धेरै अपजस पाएर पनि महत्वपूर्ण काम गर्न सकियो, यो नै हाम्रो उपलब्धि हो । ’

उनले सरकार भौतिक तथा सामाजिक विकासका लागि सरकार योजनाबद्घ रुपमा लागिपरेको बताए । सिमित स्रोत साधन तथा सिमित जनशक्तिका बीचमा चुनौतीको पहाडको सामना गर्दै अघि बढिरहेको उनको भनाई छ । दुई वर्षमा परिवर्तनको आधार तयार हुनाका साथै विभिन्न क्षेत्रमा परिवर्तन पनि देखिन थालेको उनले बताए । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, खेल लगायतको क्षेत्रमा सरकारले विकास गरेको उनले दाबी गरे ।

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) विजेता खेलाडीको सम्मान गर्दै खेल क्षेत्रका कारण देश विदेशमा नेपाललाई चिनाएकोमा प्रसंसा पनि गरे।

समोहमा प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश सांसद, सचिव, कार्यालयका प्रमुख लगायत विभिन्न क्षेत्रका व्यक्तिको आतिथ्यता थियो ।

समारोहमा खेलाडी, कर्मचारी, पत्रकार लगायतका विभिन्न क्षेत्रलाई सम्मान गरिएको थियो । प्रदेशमा पत्रकारिताका माध्यमबाट योगदान गरेबापत राष्ट्रिय समाचार समितिका रिपेश दाहाल नगद २५ हजार रुपैंया सहित सम्मानित भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*