रेडियो थाहाको रक्तदान, आज साइकल र्‍याली हुदै

लोकखबर
३ फाल्गुन २०७६, शनिबार ०७:५१

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा संचार ९९ दशमलव ६ मेगाहर्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् ।

विन्दावासिनी मिडिया प्रा.लि.द्वारा संचालित रेडियो थाहाको १२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान गरिएको छ ।

स्थापनादेखि हरेक वार्षिकोत्सवमा रेडियोले निरन्तरता दिँदै आइरहेको रक्तदान कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिईएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

रक्तसन्चार केन्द्र हेटौंडाको समन्वयमा आयोजित कार्यक्रममा हेटौंडा दुग्ध वितरण आयोजना, निर्माण व्यवसायी संघ मकवानपुर र इभरग्रीन फेन्सीले सहयोग गरेका थिए ।

वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार (आज) ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल र्‍याली आयोजना हुदैछ । रेडियो परिसरबाट सुरु भएको साइकल र्‍याली सालक पार्क चुच्चेखोलामा पुगि समापन हुने कार्यक्रम छ ।

यस्तै, ४ गते पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रीपूर्ण फुटबल, ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया गर्ने तयारी गरिएको छ । वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन तथा ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले बताए ।

वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन माघ १ गते ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’ आयोजना गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*