नवोदयमा शैक्षिक प्रर्दशनी

लोकखबर
३ फाल्गुन २०७६, शनिबार १६:०९

मकवानपुर । नवोदय शिशु सदनले जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी गरेको छ । ‘खेलकुद प्रदर्शनी, सांगितिक तथा सांस्कृतिक, टकशो, कविता वाचन, गीत–गजल, कथा लेखनका माध्यमबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्न सजिलो भएकाले विद्यालयमा विभिन्न गतिविधी गर्ने गरेका छौं । ’ नेपाली विषयका सुपरिवेक्षक सीएम रिमालले बताए । विद्यालयको यस्ता खालका गतिविधीले बालबालिकामा शैक्षिक, व्यक्तित्व, बौदिक विकास भइरहेको अभिभावक भीमसागर गुरागाईँले बताए ।

यस्तै, अर्का अभिभावक किशोर डङ्गोल भन्छन्,‘प्रदर्शनी पढाईको सजिलो माध्यम हो । यस्ता क्रियाकलापले बालबालिकामा सबै किसिमका विकास गर्न सजिलो हुन्छ । ’

कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीले आफ्ना प्रत्यक्षरुपमा प्रदर्शनीमा भाग लिएका थिए ।

विद्यालयले नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान, गणित, कृषि, कम्प्युटर विषयमा विभिन्न प्रर्दशर्नी गर्नुको साथै डकुमेन्ट्री समेत प्रदर्शनमा राखिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*