रेडियो थाहाको वार्षिकोत्सव :

पत्रकारलाई पराजित गर्दै हेटौंडा भेट्रान्स विजयी

लोकखबर
४ फाल्गुन २०७६, आईतवार ०९:५८

मकवानपुर । विन्दावासिनी मिडिया प्रा.लिले संचालन गरेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज, हेटौंडाको बाह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आइतबार (आज) पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।

हेटौंडाको लोकतान्त्रिक चौरमा भएको मैत्रीपूर्ण खेलमा हेटौंडा भेट्रान्सले पत्रकारको टिमलाई ३-१ ले पराजित गरेको छ ।खेलमा कृष्ण जोशी, विरेन्द्र खत्री र सुरेश बानिया र पत्रकारका तर्फबाट एकमात्र गोल रोशन ढकालले गरेका हुन् ।

रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमका अनुसार वार्षिकोत्सवका फागुन १ गतेबाट सुरु सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्वस्थ्यका लागि खेलको भूमिका हुने भएकाले मैत्रीपूर्ण फुटबल गरिएको हो । सोमबार (भोलि) ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया, वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’, २ गते रक्तदान, ३ गते हिजो ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल र्‍याली गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*