बागमती गोल्डकपमा मकवानपुर र सिमरा भिड्दै

लोकखबर
४ फाल्गुन २०७६, आईतवार १०:४०

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आइतबार (हिजो) बाट सुरु भएको तेश्रो बागमती गोल्ड कप फुटबल प्रतियोगितामा आज न्यू डाँफे युवा क्लव मकवानपुर र नवजागृति युवा क्लव, सिमरा प्रतिस्पर्धा गर्दैछन् ।

खेल दुई बजेपछि बागमती गाउँपालिकाको वडा नंबर ८ स्थित जनता उच्च माविको खेलमैदान सुरु हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लबको सहभागिता रहेको आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिता फागुन १३ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*