बागमती गोल्डकपमा आज फाइनल, जावलाखेल र शेर्पा भिड्दै

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्ड कपमा आज फाइनल खेल हुदैछ ।
गोल्डकपको फाइनलमा जावालाखेल क्लब ललितपुरले हिमालयन शेर्पा काठमाडौंसंग खेल्ने प्रतिष्पर्धा गर्नेछ ।
खेल दिउँसो १ बजे बाग्मती गाउँपालिका वडा नम्बर ८ फापरबारीस्थित जनता माविको खेल मैदानमा हुनेछ ।
गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।
प्रतियोगितामा शनिबार संकटा लाई २–० गोल अन्तरले पराजित गर्दै जावालाखेल युथ क्लब फाइनल प्रवेश गरेको थियो ।