दुर्लभ रेड पाण्डाको छालासहित ४ जना पक्राउ

लोकखबर
१३ फाल्गुन २०७६, मंगलवार १४:२९

मकवानपुर । प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डा ‘हाब्रे’ को छालासहित चार जनालाई पक्राउ गरे।

प्रहरीले सोमबार दिउँसो साढे ३ बजेको समयमा काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका १२ कपनको खरिबोटबाट उनीहरुलाई पक्राउ गरे । सूर्यबहादुर भुजेल, सुकबहादुर लामा, कमला तामाङ र युवराज सापकोट रेड पाण्डाको छालासहित पक्राउ परेका हुन् ।

सूर्यबहादुर भुजेल सिन्धुली, सुकबहादुर लामा धादिङ, युवराज सापकोटा कास्की र कमला तामाङ काठमाण्डौका बासिन्दा भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेकामध्ये सूर्यबहादुर भुजेलले पछाडि बोकेको कालो रङ्गको झोलाभित्र निलो प्लास्टिकमा बेरेर राखेको अवस्थामा रेड पाण्डाको छाला एक थान बरामद गरेको हो ।उज्यालो डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*