चट्याङ लागेर खातुनको मृत्यु

मकवानपुर । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । घाँस काटन गएका बेला चट्याङ लागेर सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरबना निवासी ४७ वर्षीय अमिया खातुनको मृत्यु भएको हो ।
मंगलबार दिउँसो घरबाट दुई सय मिटरको दुरीमा घाँस काटन गएको बेला चटयाङले लागेर खातुन गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि वीरगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले बताए ।