हेटौंडामा ६ किलो सुनससहित भारतीय नागरिक पक्राउ

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १६:३०

मकवानपुर । मकवानपुर प्रहरीले ६ किलो सुनसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य कर्नाटकका ४२ वर्षीय अब्दूल मजिद अनेकल रहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० सुशील सिंह राठौरका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रु बस चेकजाँचको क्रममा ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा मजिदको साथबाट सुन फेला परेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा मजिदले बोकेको कालो झोला चेक गर्दा त्यसमा गाडीका पाटपूर्जा फेला परेका थिए । झोलामा भेटिएका पाटपूर्जाहरु स्वभाविकभन्दा बढी तौलका पाइएपछि प्रहरीले बरामद गरेर परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा ८ वटा सुनका ढिक्काहरु फेला परेका थिए । प्रहरीले मजिदको साथबाट बरामद भएको सूनको बजार मूल्य ४ करोड २७ लाख ७ सय ७४ रुपैयाँ रहेको जनाएको छ ।

पक्राउ परेका मजिदले कहाँबाट उक्त परिमाणको सुन ल्याएका थिए भन्ने विषयमा भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका मजिदलाई सुनसहित थप अनुसन्धानका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*