जबरजस्ती जबरजस्तीकरणी गरेको अभियोगमा दुई जना पक्राउ

मकवानपुर । कैलालीको २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका–२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिलबहादुर चौधरी पक्राउ परेका छन्।
चौधरीविरुद्ध ती महिलालाई जानकी गाउँपालिका–४ मनुवाबाट बा१०च १८३९ नम्बरको जीपमा राखी झबही भन्ने स्थानमा लगेर जीपभित्रै
करणी गरेको अभियोग लागेको छ।
उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
त्यस्तै भक्तपुरकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–५ घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले रम्तेललाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध जबरजस्तीकरणी सम्बन्धिको कसूरअन्तर्गत मुद्दा दर्तापछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।नेपालन्युज डटकमबाट