इसाईहरुले लोकतन्त्रको अनुभव गर्न पाएका छैनन्: गहतराज अध्यक्ष -ख्रिष्ट्रियन महासंघ

मकवानपुर । राष्ट्रिय ख्रिष्ट्रियन महासंघका अध्यक्ष सिपि गहतराजले इसाईहरुले लोकतन्त्रको अनुभव गर्न नपाएको बताउनु भयो । नगर पास्टर एशोसियशन हेटौँडाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गहतराजले क्रिश्चियनहरुका कारण मुलुकमा कुनै बेफाइदा नपुगेको प्रति गम्भिर भएर सोच्न र सोही अनुसार व्यवहार गर्न राज्यलाई ध्यानाकर्षण गराउनु भयो ।
ख्रिष्टमस र इस्टर पर्वको समेत विदा कटौति गरेको भन्दै क्रिस्मस विदा सम्बन्धमा राज्यले ध्यान नदिएको देख्दा नेपाली इसाई समुदाय स्तब्ध भएको बताउनु भयो । यस तर्फ सरकार उदासिन भएको भन्दै संचारकर्मीहरुले न्यायको पक्षमा कलम चलाउनको लागि आग्रह गर्नु भयो ।
सबै धर्म र धर्मावलम्बीहरूलाई समान व्यवहार र हक प्रदान गर्ने दायित्व राज्यले गर्नुपर्दछ भन्ने यो लोकतान्त्रिक व्यवस्थाका मूल्य मान्यताभित्र पर्ने कुराहरू भएता पनि राज्यले इसाईहरुलाई विवेद गरेको समेत बताउनु भयो । उहाँले नेपाली क्रिश्चियन समुदायका विषयमा बोल्दा सरकारले हेपाह प्रबृत्ति दोहो¥याएको भन्दै सबै धार्मिक समुदायलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गर्नु भएको छ ।
संसारका सबै मानिसहरु भन्दा उत्तम काम प्रभुको काम गर्ने इसाई धर्मगुरुहरुले गरेको भन्दै मकवानपुर जिल्लाका सबै पास्टरहरुलाई प्रेरणा समेत दिन भयो । राष्ट्रको लागि घुडाँ टेकेर प्रार्थाना गर्ने इसाईहरुलाई सरकारले समेत सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । नगर पास्टर एशोसियशन हेटौँडाका अध्यक्ष रुपेश राईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । हजुरकोखबर डटकमबाट