कोरोना भाइरसको त्रास : नेपालले बन्द गर्‍यो सगरमाथा आरोहण

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १३:३४

मकवनपुर । नेपालले सगरमाथा आरोहण बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै नेपालले सगरमाथा आरोहण बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णयमा भनिएको छ,‘ ’सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको छ ।’

सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ ।

यसैगरी मार्च १४ बाट लागु हुने यो नियममा सरकारले त्यसयता नेपाल आउने विदेशी, नेपाली वा गैर आवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ ।

चीनले यसअघि नै चिनियाँ बाटा हुँदै सगरमाथा आरोहण बन्द गरेको थियो । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*