सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते

लोकखबर
१ चैत्र २०७६, शनिबार १०:०७

मकवानपुर । सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

शनिबार बिहान २ बजेति बत्ती बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको ज्यान गएको र अरु तीन जना घाइते भएका प्रहरीले जनाएको छ । हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

करेण्ट लागेर घाइते भएकी भोलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

भोलनलाई करेण्ट लागेपछि उहाँका परिवारले हारगुहार गरेका र सहयोग गर्न जानका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*