सुनको भाउ ५ सयले बढ्यो

मकवानपुर । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सोमबार सुन तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो ।
चाँदी भने सोमबारको जस्तै तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाईन डटकमबाट