नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि बस्नेतको गाडीमा तोडफोड!

लोकखबर
५ चैत्र २०७६, बुधबार १२:४६

मकवानपुर ।भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ ।

चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो ।

गाडी तोडफोड राजनीतिक प्रतिशोधमा भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

नेकपाका नेता महेश बस्नेतले राजनीतिक प्रतिशोध साँधेको आरोप भक्तपुर कांग्रेसले लगाएको छ ।

बस्नेतको भक्तपुरस्थित निवासको अगाडि आँगनमा रोकिराखेको गाडी नेता बस्नेतले तोडफोड गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप छ ।

यसले नै गरेको हो भन्ने नभए पनि प्रतिशोधका रुपमा महेशको समूहले आफ्नो गाडीमा क्षति पुर्याएको दावी जगदीशको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*