सुनचाँदीको भाउ बढ्यो

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १२:०४

मकवानपुर । सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ। उज्याला अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*