मकवानपुरमा लक डाउन प्रभाव : सिडिओको अनुगमन, ठाउँठाउँमा सुरक्षाकर्मी

लोकखबर
११ चैत्र २०७६, मंगलवार १२:०३

मकवानपुर । कोरोना भाइरस (कोडिभ नाइन्टिन) ले विश्वमा माहामारीको रुप लिइरहेको बेला नेपालमा यसको जोखिमबाट बच्नका लागि सरकारले गरेको आग्रह अनुसार मकवानपुरमा पनि लक डाउन गरिएको छ । नेपालमा एक जना युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोमबार सरकारले देश लकडाउन गर्ने निर्णय लिएको हो ।

मकवानपुरका सर्वसाधारणले लक डाउनको निर्णय मानेका छन् । हेटौंडा बजार सुनसान छ । केही केही अत्यावश्यक अवस्थामा बाहेक सर्वसाधारण घरमै बसेको जनाइएको छ । मकवानपुरको शहरी तथा ग्रामीण दुवै क्षेत्रमा लक डाउनको प्रभाव परेको छ । विहान ६ बजेबाट गरिएको लक डाउनका कारण बजार, पसल बन्द भएका छन् । जिल्लास्थित संचारमाध्यमले पनि यो विषम परिस्थितीमा आफ्ना संचारमाध्यमको नियमित कार्यलाई परिवर्तन गरेका छन् ।

साझाकुरा दैनिक पत्रिका एक सातासम्मका लागि बन्द भएको छ । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले विश्व नै त्रासमा रहेको बेला संचारकर्मीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन संचारगृहलाई आग्रह गरेका छन् ।

लक डाउनको हेटौंडाको केही अटो तथा मयुरीले अटेर गरेको गुनासो भने आइरहेको छ । माहामारीको त्रासमा रहेको यात्रुसंग बढी भाडा लिएर केही अटो तथा मयुरीले मानवीयता भुलेको गुनासो आएको हो ।

लक डाउन अनुगमनका लागि मकवानपुरका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । लक डाउनबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिपकराज नेपाल लगायतको टोली अनुगमनमा रहेको जनाइएको छ । अत्यावश्यक सेवा बाहेक अन्य क्षेत्रमा लक डाउनको नियम लागू नभ नभएकोबारे अनुगमन गर्ने प्रजिअ नेपालको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*