बागमती सरकारले स्थापना गर्यो ‘कोरोना उपचार कोष’

मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले दश करोड रुपैंयाको आपतकालीन कोषको स्थापना गरेको हो ।
विश्वभर नै महामारीको रुपमा फैलिएको भाइरस नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए । सर्वसाधारणलाई पनि कोषमा रकम जम्मा गर्न सरकारले आग्रह गरेको छ ।
कोषमा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेको घोषणा गरेका छन् ।