हेटौंडा अस्पतालका पूर्व अध्यक्ष सुनील मोक्तानद्वारा राहत वितरण

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार १९:५०

मकवानपुर । हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनील मोक्तानले हेटौंडा १५ का अति विपन्न ३१ परिवारलाई आवश्यक खाद्यान्न सहयोग गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण लक डाउन भएपछि देनिक ज्यालादारीमा गुजारा चलाइरहेकालाई विहान बेलुकाको छाक टार्नै समस्या भएको पाएपछि अध्यक्ष मोक्तानले आवश्यक खाद्यान्न सहयोग गरेका हुन् ।
रातोमाटे टोल विकास संस्थाका समन्वयमा वडा प्रतिनिधी कुमारी श्रेष्ठको रोहबर एवम् स्थानीय युवाहरुको सक्रियतामा अति विपन्न परिवारलाई चामल, दाल, साबुन, नुन, मस्यौरा लगायत खाद्यान्न सहयोग गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*