लक डाउनका कारण स्थापना दिवस सामाजिक सन्जालमा मनाइयो

लोकखबर
२९ चैत्र २०७६, शनिबार १३:०६

मकवानपुर । विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) का कारण यतिबेला सबै क्षेत्रमा प्रभावित बनेको छ । नागरिक लक डाउन पालना गरेर घरघरमा बसिरहेका छन् । सरकार लक डाउन पालना गराउँन नागरिकलाई आग्रह गरिरहेको छ । यो बेला विभिन्न सामाजिक अभियान, कार्यक्रमहरु औपचारिक रुपमा रोकिएका छन् । तर सामाजिक संजालमार्फत शुभकामना आदानका कार्यक्रम भने भएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आफ्नो स्थापनाको ४१ औं शिक्षक दिवस कोरोनाविरुद्द सामुहिक अभियान पेशागत सुरक्षा र सामुहिक ऐक्यवद्दता संगठनको पहिचान सन्देश लेखिएको शुभकामना कार्ड सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट प्रेषित गर्दै स्थापना दिवस मनाएको छ ।

जिल्ला अध्यक्ष श्रीराम दाहालद्वारा हस्ताक्षरित शुभकामना कार्डमा कोरोना विरुद्धको सन्देश र ४१ औं शिक्षक दिवश मा पेशागत सुरक्षा का बारेमा सन्देश लेखी सञ्चार माध्यमबाट प्रेषित गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनील गौतमले जानकारी दिए ।

शिक्षकको पेशागत संस्थामध्ये सबैभन्दा जेठो संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन २०३६ सालमा मकवानपुर जिल्लाको भुटनदेबी माविबाट उदय भई देशकै अग्रणी संस्थाको रुपमा स्थापित भएको संस्था हो । देशको विषम परिस्थितीमा संगठनले सरकारको लकडाउनलाई पूर्णरुपमा परिपालना गर्दै सम्पूर्ण शैक्षिक सरोकारवाला र संगठनमा आबद्द सबैलाई कोरोना विरुद्ध लड्न आग्रह समेत गरेको छ । शिक्षा क्षेत्र पनि यसबाट प्रभावित बनेकोमा क्षतिको आँकलन गरी त्यसको वैकल्पिक उपाय खोजी गर्न पनि संगठन लागिपर्ने अध्यक्ष दाहालले प्रतिबद्दता व्यक्त गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*