मुख्यमन्त्री पौडेल भन्छन्,‘कोरोनाबाट पाठ सिकियो ।’

लोकखबर
२ बैशाख २०७७, मंगलवार ०५:१०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस एउटा पाठ भएको बताएका छन् । नयाँ वर्षको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले मानिसको जीवनशैली, व्यवहार, आहारविहार, आनीबानीमा कोरोना भाइरस (कोभिड १९) ले थुप्रै सुधार गरेको बताए ।
सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पौडेलले कोरोनाका कारण २०७६ लाई बिदाई गर्दै नयाँ वर्ष २०७७ लाई स्वागत गर्नुपर्ने भएका कारण नयाँ वर्ष उल्लासमय भने हुन नसकेको बताएका छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं भाइरसको माहामारीबाट पाठ सिकिएको मुख्यमन्त्री पौडेलको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*