बालबालिकाको शिक्षामा ध्यान दिन आग्रह

लोकखबर
२ बैशाख २०७७, मंगलवार ०५:५९

मकवानपुर । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) को माहामारीका कारण देश गरिएपछि बालबालिकाको शिक्षा लगायतका विविध सवालमा ध्यान दिन बागमती प्रदेश सरकार तथा स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

बालअधिकार तथा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल), एनसीपीए, कन्र्सोटियम र बाल कल्याण समाज मकवानपुरको बैठकले यस्तो आग्रह गरेको हो । बागमती प्रदेश सरकार तथा स्थानीय सरकारले बाल संरक्षण र शिक्षा क्लस्टरको बैठक आवश्यक छलफल गर्न अबेर भएको महसुस आफूहरुले गरेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार प्रदेश तथा स्थानीय सरकारलाई बालबालिकालाई कर्तव्यनिष्ठ व्यवहार गर्ने विषयमा छलफल गर्न, मनोसामाजिक समस्याबाट मुक्त गर्न, हिंसा, दुव्र्यबहार, हेला, भई असुरक्षित महसुस भएकालाई सुरक्षित महसुस गराउँन, बालबालिको सिर्जना र सिकाई कृयाकलापलाई नियमित गराउने कार्य अघि बढाउन,सकारात्मक अभिभावक शिक्षा कार्यक्रम लागू गर्न, पत्रकार र शिक्षकहरुको समन्वयमा एफएमबाट विद्यालयको पढाई नियमित गर्न, समय सापेक्ष पीएसए बनाउन, बालबालिकालाई सकारात्मक सिकाई तथा सामाजिकीकरण गराउन आग्रह गरिएको हो । नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाबिच समन्वय र सहकार्य गर्न, बन्दाबन्दी खुलेपछि विद्यालयलाई निर्मलीकरण गर्ने र विद्यालयमा विद्यार्थीलाई स्वागत गर्ने तथा करिब १५ दिन मनोविमर्श सेवा दिन, अभिभावकको सहयोग मा बालबालिकालाई घरमै बसी पढाउने सन्दर्भ सामग्री निर्माण गर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरिएको हो ।

बालअधिकारका क्षेत्रमा आफूहरु लामो समयदेखि क्रियाशील रहेकाले सहयोग आवश्यक भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको खतिवडाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*