ताप्लेजुङमा आगलागी, सात घर जले

लोकखबर
२० बैशाख २०७७, शनिबार ०७:५९

मकवानपुर । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गएराति भएको आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । गएराती १० बजेबाट सुरु भएको आगलागी आज (शनिबार) विहान ५ बजेतिरमात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

गएराती भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागीबाट सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साँढे ७ घण्टामा नियन्त्रणमा लिइएको हो ।

एक घरबाट सुरु भएको आगोले सात वटा घर पूर्ण रुपमा जलाएको हो ।
ताप्लेजुङमा हरेक यसअघि २०७१ सालको आगलागीबाट ९० परिवार विस्थापित भएका थिए ।
आगो लाग्नुको कारण तथा क्षतिको विवरणबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*