आज थप १० जनामा संक्रमण, विश्वभर ९६ नेपालीको मृत्यु

सबैभन्दा बढी बेलायतमा ६३, अमेरिकामा १५ जना नेपालीको ज्यान गयो
लोकखबर
४ जेष्ठ २०७७, आईतवार ०८:२४

मकवानपुर । विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा आज (आइतबार) थप १० जना संक्रमित बनेका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका छन् । रौतहटमा मात्रै संक्रमितको संख्या १३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबिच, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिड–१९ संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको छ ।
एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक हिजो साँझसम्मको हो । सबैभन्दा बढी बेलायतमा ६३ जना, संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९ जना, साउदी अरबमा २ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डमा १ जना, बहराइनमा १ जना, स्वीडेनमा १ जना र नेपालमा १ जना नेपालीको कोभिड १९ बाट मृत्यु भएको हो । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*