कोरोना रिर्पोट आउन ११ दिन

लोकखबर
१२ जेष्ठ २०७७, सोमबार १७:१८

मकवानपुर । नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा गत जेठ ४ गते एक जना वृद्दको ज्यान गयो ।
उपचारकै क्रममा बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७, निवासी ७० वर्षिया चौधरी थरका वृद्दले ज्यान गुमाएको ११ दिनपछि कोरोना परिक्षणको रिर्पोट आयो ।
उनको स्वाब संकलन भने जेठ २ गते नै गरिएको थियो । रिर्पोट आउँन ढिलाई भएपछि यतिबेला अस्पतालको आलोचाना भइरहेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय भने रिपोर्ट रि–कन्फर्म गर्नमा नै बढी समय लागेको दाबी गर्छन् ।
२ गते संकलन गरिएको स्वाब नारायणी अस्पतालमा रहेको पीसीआर मेशिनमा पाँच गते परीक्षण गरिएको र त्यसपछि पुनः रि–कन्फर्म गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौँ टेकुमा पठाइएको उपाध्यया बताउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*