गोविन्द केसीले गरे सत्याग्रह घोषणा

लोकखबर
१३ जेष्ठ २०७७, मंगलवार ००:२५

मकवानपुर । चिकित्सक गोविन्द केसीले नेपाली भूमी फिर्ता ल्याउन माग गर्दैै दुई दिने सत्याग्रह घोषणा गरेका छन् ।
दार्चुलामा रहेका केसी प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो विगतका अनसनमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि केसीले माग गरेका छन् ।

गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *