हेटौंडामा व्यवसायीले तोडे लकडाउन
![](https://www.lokkhabar.com/wp-content/uploads/2020/06/hetauda-bazarlo-pasal-khula.jpg)
मकवानपुर । कोरोना भाइरस ( कोभिड १९ ) का कारण गरिएको लक डाउन हेटौंडाका व्यवसायीले अवज्ञा गरेका छन् ।
लक डाउनका कारण आफूहरु समस्यामा परेको भन्दै व्यवसायीहरुले आज बुधबार हेटौंडाका पसलहरु खोलेका हुन् ।
हेटौंडाको मेनरोड, रापतीरोड, स्कुलरोड, कान्तिराजपथ, पारीजातपथ, टिसीएन रोड, वसपार्क लगायतका क्षेत्रका विभिन्न पसल खोलिएको हो ।
मकवानपुर उद्योग वाणीज्य संघको अगुवाईमा पसल खोलिदाँ पनि मकवानपुरको प्रशासन भने रमिते बनेको छ ।
विहानैबाट बजारका सबै पसल खुल्दा पनि बजार क्षेत्रमा परिचालित शसस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरी रमिते बनेका हुन् ।
उद्योग वाणीज्य संघको टोली पसल खोल्न आग्रह गर्दै हिडिरहँदा प्रहरीहरु आएर बन्द गर्नुस् भन्नुभन्दा अरु केही गर्न नसकेका हुन् ।
कोरोना माहामारी विरुद्द विश्व जुधिरहँदा हेटौंडाका व्यवसायीले भने आफू चौपट हुन थालेको भन्दै राज्यले लगाएको नियम नमान्ने अवस्थामा पुगेका हुन् । हेटौंडाका चियापसल, होटल, खाद्यान्न, कपडा पसल, भाँडा, मोबाइल, जुत्ता लगायत पसल खोलेर लक डाउन खुलाएका छन् ।