कर तिर्न असार ७ गतेसम्म समय थप

मकवानपुर । आगामी मंगलबारसम्म कर तिर्नका लागि सूचना जारी गरेपछि सर्वत्र आलोचना खेपिरहेको सरकारले कर बुझाउने समय थपेको छ। अब असार ७ गतेभित्र कर बुझाए हुने भएको छ ।
आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।
विभागले मंगलबार सूचना प्रकाशन गर्दै जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने बताएको थियो । लकडाउनले व्यवसाय चौपट भएका बेला सरकारले कर तिर्न ताकेता गरेपछि सरकार र अर्थमन्त्रीको व्यापक आलोचना भएका थिए ।
आज बुधबार अर्थ मन्त्रालयमा व्यवसायीहरुसँग भएको छलफलपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो । प्रमुख प्रतिपक्षी दल तथा सामाजिक सन्जालका अभियन्ताले सरकारले लक डाउन चाँही जेठ अन्तिमसम्म गर्ने कर चाँही जेठ २५ गतेभित्रै तिर्न ताकेता गरेकोमा विरोध गरेका थिए ।