राक्सिराङलाई अस्मिताको स्वास्थ सामग्री
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा अस्मिता नेपालले स्वास्थ्य सामग्री वितरण गरेको छ ।
‘बालबालिकाको इच्छा विवाह होइन शिक्षा’ भन्ने मूल नाराका साथ बालविवाह न्यूनिकरण कार्यक्रम अन्तर्गत कोरोना भाइरस संक्रमणको कारण त्रास फैलिरहेको बेला विद्यालयमा शिक्षा लिन नपाइरहेका बेला स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
कारोनाको माहामारीमा बालबालिका नआत्तिकन सुरक्षित रहन सघाउ पुगोस् भन्ने सोच सहित आफूहरुले स्वास्थ्य सामग्री सहयोग गरेको आयोजक अस्मिता नेपालका अध्यक्ष आरती पाठकले जानकारी दिइन् । ‘यो माहामारीका बेलामा विद्यालयमा नगई घरमै बस्नुपरेको अवस्थामा बालबालिकामा कुनै पनि प्रकारको डर, त्रास नभई स्वास्थ्य रहुन भन्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका हौं ।’ अध्यक्ष पाठकले भनिन्,‘ कोरोना भाइरससँग बच्ने उपाय र यो समयमा बालविवाहको उच्च जोखिममा रहेकोले सोही विषयमा तयार पारिएको पोस्टर पम्प्लेट पनि वितरण गरेका छौं ।’
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई आफूले एकद्वार प्रणालीमार्फत राहत स्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको पाठकले जानकारी दिइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ प्रमुख, बालबिवाह न्यूनीकरणका लागि गठन गरिएको अभिभावक समूहका प्रतिनिधी लगायतको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
माहामारीका बेलामा संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेकोमा आफूहरुलाई खुशी लागेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
राक्सिराङको वडा नम्बर २,३,४ र ५ का बालबालिका, अभिभावकलाइ लक्षित गरी प्रदान गरिएको सामाग्री सोही स्थानमा पुर्याउने अध्यक्ष मल्लले प्रतिबद्दता व्यक्त गरे । मध्यस्थता साप्ताहिकबाट












































