गैसस मकवानपुर अध्यक्ष धितालको परिवार चढेको सवारी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल सवार स्करपीयो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्रकिलो जुगेडी भन्ने स्थानमा काठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपीयोलाई चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको ग्याँस बुलेटले ठक्कर दिँदा कृष्ण धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको हो । उनलाई दुर्घटनापछी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । हिजो (सोमबार) साँझ साँढे ५ बजे भएको सवारी दुर्घटना दुर्घटनाका घाइते चार जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनामा परेका धितालका छोरा अनुज धितालको गम्भीर अवस्था रहेको र कृष्ण धिताल, उनकी छोरी वर्षा धिताल र सवारी चालक राजन घिमीरेको अवस्था सामान्य रहेको र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।