विहानैबाट पानी, बाढी पहिरोबाट सचेत रहनुपर्ने

लोकखबर
२२ असार २०७७, सोमबार ०७:२९

मकवानपुर । आज (सोमबार) पनि विहानैबाट मकवानपुरको विभिन्न भागमा पानी परिरहेको छ । मनसुनी वायुको प्रभावसँगै अहिले देशका विभिन्न पाँच वटा प्रदेशमा वर्षा भइरहेको जनाइएको छ ।

मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही आज सबैजसो भू-भागमा वर्षा भए पनि दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

यसैबिच, निरन्तर वर्षाको कारण जोखिम रहेको तथा विभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्नेतर्फ महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*