कोषलाई सूर्य नेपालको एक करोड

मकवानपुर । सूर्य नेपाल प्रालिले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रालिका उपाध्यक्ष रवि केसीले कोषका लागि रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया लगायत सहभागी थिए ।