निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो, सडक अवरुद्द

लोकखबर
५ श्रावण २०७७, सोमबार ०८:१९

मकवानपुर । लगातारको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढी तथा पहिरो आएपछि सडकहर अवरुद्द हुन पुगेका छन् । सडक अवरुद्द हुन पुगेका कारण सवारी आवागमनमा समस्या भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज विहान पहिरो खसेको छ । विहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि सडक अवरुद्द हुन पुगेको छ । पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अरुद्द भएकाले एकतर्फी सवारी लामबद्ध गर्नका लागि आग्रह गरिएको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।
उता, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड फेरि अवरूद्द भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएर सञ्चालनमा आएको सडक फेरि अवरूद्द भएको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *