रिलिज हुनासाथ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले राख्यो रेकर्ड

लोकखबर
११ श्रावण २०७७, आईतवार १२:०४

हेटौडा । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचरा’ ले नयाँ रेकर्ड राखेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको २४ घण्टाभित्र ७ करोड ५० लाखभन्दा बढीपटक हेरिएको छ ।

यसअघि फिल्मले ट्रेलर रिलिज हुनासाथ सर्वाधिक हेरिने रेकर्ड राखेको थियो । छोटो समयमा यति धेरै भ्यूज पाएको यो पहिलो बलिउड फिल्म बनेको छ ।

प्रेम कथामा आधारित यो फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना साँघी शीर्ष भूमिकामा छन् । ‘द फल्ट इन आवर स्टार्स’ उपन्यासमा आधारित यो फिल्मलाई हटस्टारमार्फत बिहीवार साँझ रिलिज गरिएको थियो ।

फिल्मलाई मुकेश छावराले निर्देशन गरेका हुन् । यो फिल्म दर्शकले रुचाएका छन् ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*