हटिया चोकमा फेरि दाहाल

लोकखबर
११ श्रावण २०७७, आईतवार १५:१४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ स्थित हटिया चोक टोल विकास समितिमा दोस्रो पटक पनि जगदिस दाहालकै अघ्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ । उपाघ्यक्षमा नारायणी घिताल , सचिवमा सुनिल राउत , सहसचिबमा राजकुमार अघिकारी कोषाघ्यक्षमा जीवन साप्कोटा चयन भएको छन् भने सदस्यहरुमा बद्री आर्याल , गोदा पाण्डे , निर्मला पौडेल , सिता घिमिरे , बिक्रम चुनारा चयन भएका छन् । यसै गरि सल्लाहकारमा शंकर बहादुर राउत चयन भएको निर्मला पौडेलले जानकारी दिइन् । कार्यक्रम हेटौंडा उपमहानगर पालिकाको वडा नं. १७ का वडा अघ्यक्ष भैरब बहादुर राईको प्रमुख अतिथ्यता र हेउमनपाका सामाजिक बिकास अघिकृत हिम प्रसाद पौडेलको विशेष अतिथ्यतामा भएको थियो । कार्यक्रममा हेटौंडा १७ की जनप्रतिनिधी कृष्ण माया खुलाल, राप्रपा नेता हरि बहादुर राउत , हेटौंडा १७ का स्वयंमसेवक लक्षमण खुलाल , चुरेकालिलेक सामुदायिक बनका अघ्यक्ष सिताराम न्यौपाने , किसान दुग्ध उत्पादक सहकारी संस्थाका उपाघ्यक्ष राजु न्यौपाने , सिरान टोल विकास संस्थाका उपाघ्यक्ष नारायण ढकाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*