अब बंगूरको मासु प्याकेटमा

जी. न्यौपाने
११ श्रावण २०७७, आईतवार १५:५२



हेटौंडा ।हेटौंडामा बगंूरको मासु प्याकेटमा आउने भएको छ । मासुको लागि काटिएको बंगूरको मास एक किलो पुगाएर पलाष्टिकमा हालेर प्याक गरि २४ घण्टा जति डि. फ्रिजमा राखेर फ्रोजन मासु बिक्री गरिन्छ , हेटौंडा ११ सिमलटार स्थित् स्वरोजगार बंगूर पालक कृषक समुहका ब्यवस्थापक छेगुन लामाले बताए ।स्वरोजगार बंगूर पालक कृषक समुहले मासु सप्लायर्स संचालनमा ल्याएपछि मासु प्याकेट गरि ब्रिक गिर्ने सिण्टम ल्याएको ब्यवस्थापक लामाले बताए । उनका अनुसार एक किलो , आधा किलोको प्याकेटमा लेबल समेतको फ्रोजन मासु बिक्री गरिने छ । यसो गरि प्याकेटमा राखेर डि. फ्रिज गरिएको मासु एक हप्तासम्म फ्रिजमा राखेर खान सकिने लामाको भनाई छ । बाहिर देशहरुमा ४ महिना सम्म फ्रिजमा राखेको फ्रोजन मासु खान्छन् तर हामिले एक हप्तासम्म डि.फ्रिजमा राखेर फ्रोजन मासु खान सकिन्छ भन्ने सल्लाह उपभोक्तालाई दिन्छौ ब्यवस्थापक लामाको भनाई छ । ब्यवस्थापक लामाका अनुसार हेटांैडामा यो नयाँ प्रयोग हो । फुड टेकनोलोजिको सिद्यान्त अनुसार २४ घण्टा डि. फ्रिजमा राखेर फ्रोजन गरिएको मासु स्वास्थका लागि फाईदा जनक छ । मासुमा हुन सक्ने शरिरलाई हानिकारक जिवाणु मासुलाई २४ घण्टा डि. फ्रिजमा राख्दा जिवाणु नस्ट भई खान योग्य हुने बताईएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *