बाढी पहिरोमा परी १३० को मृत्यु, ५१ जना बेपत्ता

लोकखबर
११ श्रावण २०७७, आईतवार १६:४०

हेटौंडा ।मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी १३० जनाले ज्यान गुमाएका छन् । ५१ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३० गतेबाट मनसुन सुरु भएयता सबैभन्दा बढी पहिरोमा परेर मानिसको ज्यान गएको छ।

मनसुन यता पहिरोका घटनामा परी १२७ जनाको मृत्यु भएको छ। पहिरोमा परी ४५ जना बेपत्ता छन् भने ११४ जना घाइते भएका छन्।

बाढीका घटनामा तीनजनाको मृत्यु, ६ जना बेपत्ता र एकजना घाइते भएका छन्। मनसुन सुरु भएयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*