इलाममा ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

मकवानपुर । इलाममा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको १ नम्बर गणमा कार्यरत पाँच जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै इलाम नगरपालिका ६ को क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीका एक हवल्दारलाई समेत कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका फोकल पर्सन विमल बरालले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी झापामा खटिएर इलाम फर्किएका हुन्।
१२ जनाको स्वाब परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको हो। कोरोना संक्रमण देखिएपछि सशस्त्र प्रहरीलाई गण बाहिर निस्कन प्रतिबन्ध लगाइएको गणपति रोशन श्रेष्ठले बताए।
यसअघि झापामा २० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
आयोमेल डटकमबाट