सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो

लोकखबर
१२ श्रावण २०७७, सोमबार १४:३४

मकवानपुर । सुनको भाउ फेरि उकालो लागेको छ। सोमबारमात्रै सुन प्रतितोला १२ सय रुपैयाँ महंगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन आज ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। आइतबार यसको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। आइतबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि अहिले मूल्य उच्च दरमा बढिरहेको छ। गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १९ सय अमेरिकी डलर प्रतिऔंसमा कारोबार भएको थियो।

विश्व महामारी कोरोनासँगै चीन र अमेरिकाबीच बढिरहेको तनावका कारण पनि सुनको मूल्यमा असर परिरहेको छ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *