कोरोनाविरूद्धको खोप अमेरिकामा बृहत् परीक्षणमा

लोकखबर
१३ श्रावण २०७७, मंगलवार ०७:०३

अमेरिकामा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बृहत् मात्रामा परीक्षण थालिएको छ ।

सोमबारदेखि लगाउन शुरू गरिएको उक्त खोप ३० हजार जना मानिसमा परीक्षण गरिनेछ ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइनसकेको बीबीसीले जनाएको छ ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूलाई पनि खोपबारे जानकारी दिइएको छैन । कम्तिमा दुई डोज खोप दिएपछि खोपको प्रभावकारिता पत्ता लाग्ने बताइएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*