विद्युत विस्तार उद्घाटन गर्दै हिदम लामाले भने,-‘२५ वर्ष जिल्ला प्रधानपंच हुनेले गर्न नसकेको काम मैले गरिरहेको छु ।’
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नमर ८ टोड्के र महभीरमा बिजुली बत्ती बिस्तार गरिएको छ ।
गाउपालिकाको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्त्रगत भीमफेदी ८ साबिक इपापन्चकन्याको वडा नमर ५ को ४१ घर धुरीलाई बिजुली बत्ती विस्तार गरिएको हो । गत आर्थिक बर्ष ०७६/०७७ मा दश लाख बजेट बिनियोजन गरी विद्युतीकरणको काम गरिएको भीमफेदी गाउपालिकाको योजना प्रमुख बद्री सापकोटाले जान्कारी दिए । ‘अहिले ४१ घरमा बत्ती बालिएको छ । अब एक महिनामा साविक इपापन्चकन्या ४ धार्केमा पनि बत्ती पुर्याइने छ । ’ उनले भने । योजना प्रमुख सापकोटाका अनुसार यससङै १ सय २६ घरमा बिजुली पुर्याइने छ ।
गाउपालिकाको अध्यक्ष हिदम लामाले स्थानीय जनताहरु सहितको विद्युतीकरण सेवा सुभाआरम्भको एक कार्यक्रम बिजुली बालेर सोमबार उदघाट्न गरेका हुन् । कार्यक्रममा अध्यक्ष लामाले भने-‘२५ वर्ष प्रधानपंच हुनेले गर्न नसकेको काम मैले गरिरहेको छु’ साविक इपापन्चकन्याको ९ वटै वडामा पूर्वाधारणको सबै विकास गरिने अध्यक्ष लामाले बताए । ‘मैले तपाइहरुलाइ चुनावमा भोट माग्न आउँदा दिएको आश्वासन पूरा गर्दैछु । लकडाउन लगायत विभिन्न प्राविधिक कारणले अलि ढिलाई भएको हो । अब हामी केही समयमै टोड्केसम्म आइपुगेको मोटर बाटोलै तला महभिर सम्मपुर्याउछौं । मेरै कार्यकालमा भीमफेदीदेखि टोड्के –महभीर– धार्के स्वारा हुँदै गँगटेसम्म दुई घन्टामै आवत जावत गर्न सकिने मोटर बाटो बनाउछु ।’ अध्यक्ष लामाले भने ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष जाहारसिं लामा, महिला सस्य सीता थिङ, वडा सदस्य तिलक बहादुर रेग्मी, समाजसेवी मातृका काफ्ले, तुखबरका प्रधान सम्पादक गिरिजा अधिकारी, सन्चार्कर्मी सुरेन्द्र थिके, महेन्द्र मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामा, इन्जिनियर नवीन यादव दिपेश थापा, स्थानिय शिक्षक लोकबहादुर घलान देवानसिं गोलेको आतिथ्यता थियो ।