चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह

लोकखबर
१५ श्रावण २०७७, बिहीबार ११:१९

मकवानपुर । अमेरिकाले भारतलाई चीनमाथिको परनिर्भरता कम गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पम्मेओले भारतलाई आन्तरिक उत्पादनलाई बढाउन र त्यसको वितरण बढाई चीनमाथिको निर्भरता कम गर्न आग्रह गरेक हुन्।

अमेरिका र चीनबीचको सम्बन्धमा दरार आइरहेका बेला अमेरिकी विदेशमन्त्री पम्पेओले भारतलाई पनि टेलिकम्युनिकेसन र स्वास्थ्य सामाग्री लगायत क्षेत्रमा चीनमाथिको परनिर्भरतालाई कम गर्न आग्रह गरेका हुन् ।

उनले भारतको आन्तरिक बजारमै टेलिकम्युनिकेसन, मेडिकल सामग्री र अन्य वस्तुहरुको उत्पादन र वितरण गर्न सक्षम हुनेतर्फ जोड दिन आवश्यक रहेको बताए।

पम्पेओले भने भारतले अहिले विश्वभरबाट विश्‍वास आर्जन गरेको छ, अमेरिकाको पनि भारतमाथि ठूलो विश्वास छ त्ससैले भारतले आन्तरिक बजारलाई प्रबर्द्धन गर्ने यो उत्तम समय हो।

अमेरिकाले चीनमाथि हुवावेमार्फत जासुसी गरेको, हङहङ र सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको, कोरोना भाइरसको संक्रमण फैलिन नदिन पारदर्शी नबनेको लगायत आरोप लगाइरहेको छ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*