मकवानपुरगढी जंगलको डढेलो गाउँमा पस्यो
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ स्थित जंगलमा लागेको डढेलो गाउँ पस्दा गाउँमा आगलागी भएको छ ।
मकवानपुरगढी ५ नयाँगाउँमा आगलागी भएको हो । जंगलको आगो बस्तीमा पसेपछि स्थानीय नवराज हुमागाईँको एउटा गोठ जलेर नष्ट समेत भएको छ ।
आगलागीबाट गोठसँगै रहेको घरमा पनि जोखिम बढेको छ । आगलागीबाट गोठमा रहेका विभिन्न सामान, काठ समेत गरी ३ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको हुमागाईले बताए ।











































