दुई दिनदेखि विद्यार्थी वेपत्ता
– त्रिशूलीमा खोजतलास जारी
बिदुर – नुवाकोटको सिमचौरवाट एक जना स्कुले विद्यार्थी वेपत्ता भएका छन् । नदीमा वगेको आशंकामा उनको त्रिशूली नदीमा खोजतलास सुरु गरिएको छ । म्यागङ गाउँपालिका २ घर भई हाल बिदुर नगरपालिका ४ सिमचौर वस्दै आएका १३ वर्षिय पेमावाङगेल तामाङ आइतवार मध्यान्हदेखि हराइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सिमचौरस्थित त्रिशूली नदी किनारमा उनको कपडा र चप्पल फेला परेका कारण त्रिशूली नदीमा खोजतलास भइरहेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । वेपत्ता तामाङ बिदुरस्थित पृथ्वी माविको कक्षा ५ मा अध्ययनरत थिए । त्रिशूली नदीमा सुरक्षाकर्मीहरुले वालकको खोजी गरिरहेका छन् ।











































