ग्यांस डिपोहरुमा छड्के

– अभाव नगर्न सचेत गराइयो
लोकखबर
२०८३ श्रावण २५, सोमबार २३:०६

बिदुर – बजारमा खाना पकाउने ग्यांसको अभाव भएको गुनासो आएपछि नुवाकोटका विभिन्न वजारमा छड्के अनुगमन गरिएको छ । ग्यास डिपोहरुको छड्के अनुगमन गरिएको हो । संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका २, र ४ वट्टार बजारहरुमा रहेको ग्यांस डिपोहरुको सोमवार एकैपटक छड्के अनुगमन गरेको हो ।

सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले चार वटा ग्यांस डिपोहरुमा अनुगमन गरिएको उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा टोलीले बजारमा एलपि ग्यांसको अबस्था, मुल्यदरको अवस्था तथा मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न निर्देशन दिएको छ । अनुगमनमा क्रममा उपभोक्तासंग सरोकार राखेका पसलमा मापदण्ड तथा गुणस्तरियताका सम्वन्धमासमेत वजार अनुगमन गरिएको अनुगमनमा सहभागीहरुले वताए ।

अनुगमनमा दैनिक उपभोग्य सामग्री तथा इन्धनको अवस्था, व्यवसाय दर्ता नवीकरण, मुल्यसूचि, गुणस्तरियता, लेवल, नापतौल, खाद्यवस्तु खरिद विल र विक्रि विलको निरीक्षण गरिएको प्रमुख घिमिरेले बताए । निरीक्षणको क्रममा ग्यांस डिपोहरुमा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिदै, पहिलो पटकलाई सुधार गर्न सुझाव दिइएको छ । सर्वसाधारणले भने औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरेको गुनासो गर्दै महिनै पिच्छे यसलाई निरन्तरता दिन माग गरेका छन् ।

औपचारिकता निभाउन मात्र केहि महिनाको अन्तरमा वजार अनुगमन गर्ने गरिएको जनाउंदै उपभोक्ता तथा सर्वसाधारण आक्रोशित भएका छन् । अन्य वेलामा पनि वजार अनुगमन गर्नु पर्ने उपभोक्ताहरु वताउंछन् । अनुगमनका क्रममा बजारमा गुणस्तरिय, सर्वसुलभ बजार दर कायम गनुृका साथै अभाव सिर्जना नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ । ग्यांस र खाद्य वस्तुमा गुणस्तरियताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।


सर्वाधिक रुचाइएको