कांग्रेसको देउवा पक्षिय भेला

– क्षेत्रियस्तरको भेला तथा छलफल
लोकखबर
२०८३ श्रावण २५, सोमबार २२:५१

बिदुर – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसभित्र बिवाद भइरहेका बेला नुवाकोटमासमेत संस्थापनइतर पक्षले भेला गरेको छ । क्षेत्रियस्तरको भेला तथा छलफल गरिएको सो समूहले जनाएको छ । यहि साउन २९ गते शुक्रवार आयोजित राष्ट्रिय भेलाका विषयमा नुवाकोटमा पनि कांग्रेसको देउवा अर्थात् शशांक कोइराला पक्षका अगुवा नेता तथा कार्यकर्ताको भेला सम्पन्न भएको छ ।

भेलाले पार्टीलाई मजवुत रुपमा अगाडि वढाउने निष्कर्श निकालेको छ । कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति ध्रुर्व अधिकारीको नेतृत्वमा विदुरमा आयोजित भेलामा कांग्रेस नुवाकोट क्षेत्र नं. २ का नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । यसअघि नं. सो पक्षले क्षेत्र नं. १ को भेला गरिसकेको जनाएको छ । भेलामा उपचारका लागि विदेश गएका नेता शेरबहादुर देउवाको स्वागत तथा साउन २९ गते आयोजित ‘नेपाली कांग्रेसको बृहत् राष्ट्रिय भेला’ सम्बन्धमा नुवाकोटमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरिएको जनाएको छ ।

भेलामा नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारी, वर्तमान जिल्ला सचिव श्रीराम श्रेष्ठ, नेता बासु सापकोटा, क्षेत्रिय सचिव ध्रुव ढकाल, प्रदेश सभापति गणेशमान लामा, प्रदेश सचिव अच्युत रिजाल, महाधिवेशन प्रतिनिधि सुनमाया तामाङ, नेपाल किसान संघका पूर्व केन्द्रीय सदस्य प्रकाश ढुंगाना, जिल्ला सदस्य सुमित्रा तामाङलगायत अगुवा नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।उक्त भेलामा प्रमुख अतिथि पुर्व जिल्ला सभापति ध्रुव अधिकारीले विशेष महाधिवेशन सम्बन्धि प्रक्रिया र अन्य विषय कानूनी विवादभन्दा धेरै ठूलो अर्थ रहेको बताए । उनले भने, “यस प्रक्रियाले कांग्रेसलाई आफ्नो इतिहास सम्झिन, आफ्ना सिद्धान्त पुनःस्थापना गर्न र आफ्नो सामथ्र्य देखाउन सघाउनेछ ।“

उनले संस्था र महाधिवेशनका सन्दर्भमा देखिएका भ्रमहरू पन्छाएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीलाई अव मजवुत वनाउनुपर्नेमा उनले जोड दिए । भेलामा पूर्वजिल्ला सभापति अधिकारीले पार्टीमा व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी बलियो हुन नसक्ने दावी गरे । उनले अहिले नेपाली कांग्रेसमा अर्थहीन अवस्था सिर्जना भएको टिप्पणी गरे । अधिकारीले नेपाली कांग्रेसको विवादका विषयमा सर्वोच्च अदालतले पुनरावलोकन गर्न आदेश दिएकाले त्यसले कांग्रेसको वैधानिकताका विषयमा स्पष्ट पार्ने विश्वास व्यक्त गरे । अधिकारीले नेपाली कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै हुने विश्वाससमेत व्यक्त गरे ।

भेलामा जिल्ला सचिव श्रीराम श्रेष्ठले “सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति नै असल नेता हुने“ उल्लेख गर्दै लोकतन्त्रको रक्षा अदालतका फैसलाले मात्र नगर्ने स्पष्ट पारे । उनले यसका लागि राजनीतिक परिपक्वता, संस्थागत निष्ठा, आपसी विश्वास र राष्ट्रिय जिम्मेवारीको भावना हुनु अति आवश्यक रहेको बताए । उनले लोकतन्त्रको रक्षा अदालतको फैसलाले मात्रै नहुने बताउँदै त्यसका लागि राजनीतिक आदर्श, संस्थागत निष्ठा, आपसी विश्वास र राष्ट्रिय जिम्मेवारीको बोध आवश्यक रहेकोमा जोड दिए ।

सचिव श्रेष्ठले विशेष महाधिवेशनसम्बन्धि पुनरावलोकनको प्रक्रियाले कांग्रेसको विवादलाई एउटा सामान्य कानुनी प्रक्रियाभन्दा पनि अझ अर्थ र महत्वको विषय बनाएको उल्लेख गरे । उनले यसले कांग्रेसलाई आफ्नो विगतको विरासत, इतिहास र आफ्नो सिद्धान्त सम्झने अवसर दिएको बताए । भेलामा सहभागी अन्य वक्ताहरूले कांग्रेसको विशेष महाधिवेशन विधि–विद्यानभन्दा बाहिर गएर सीमित स्वार्थका लागि गरिएको दाबी गर्दै सर्वोच्च अदालतले कांग्रेसका निष्ठावान नेता, कार्यकर्ता र शुभचिन्तकलाई न्याय दिने विश्वास व्यक्त गरेका थिए ।

उक्त भेलाले साउन २९ गते हुने केन्द्रीय भेलामा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै त्यसका लागि पार्टीका सम्पूर्ण तहलाई सहभागिताका लागि अपिलसमेत गरेको छ । यसअघि नुवाकोट १ ले बृहत भेला आयोजना गर्दै राष्ट्रिय भेलामा सहभागिता जनाउने निर्णय गरेको थियो ।


सर्वाधिक रुचाइएको