मेरो माइक्रो फाइनान्सले ग¥यो क्षमता विकास कार्यक्रम
विदुर–नुवाकोटको वट्टारमा केन्द्रीय कायाृलय रहेको मेरो माइक्रो फाइनान्सले आफ्ना कर्मचारीहरुलाई क्षमता विकास कार्यक्रम प्रदान गरेको छ । दुई दिनसम्म प्रबन्धकस्तरिय प्रशिक्षण गरेको हो ।
कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शाखा प्रबन्धकस्तरीय प्रशिक्षण गरेको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेले वर्तमान अवस्था र चुनौती सम्बन्धमा क्षमता विकास गरि जनहितमा कार्य गर्न निर्देशन दिए ।
उनले वित्तिय सुशासनका लागि मन, वचन तथा कर्मबाट योगदान गर्न कर्मचारीहरुलाई प्रेरित गरेका थिए । कार्यक्रममा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न कार्यक्रमले प्रबन्धकहरु सक्षम भई बजारमा आफुलाई स्थापित गर्न सक्नु पर्नेमा जोड दिए ।
प्रशिक्षणमा युवापुस्ताका उत्प्रेरणा तथा पूर्व बैंकर अनीलकेशरी शाह, लघुवित्त विज्ञ नुमनाथ पौडेल र अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्टले सहजीकरण गरेका थिए । दुई दिने कार्यक्रममा उक्त वित्तिय संस्थाका एक सय ४९ शाखाका शाखा प्रबन्धकहरु, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका विभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको सहायक प्रवन्धक राजु पुडासैनीले जानकारी दिए ।











































