माद्यामिक शिक्षकहरु एकजुट

नयां कार्यसमिचि चयन
लोकखबर
२०८२ जेष्ठ १२, सोमबार २२:०९

विदुर–विभिन्न विद्यालयको माद्यामिक तहमा अध्यापनरत शिक्षकहरु एकजुट भएका छन् । विदुरमा मवि शिक्षक युनियनको भेला सम्पन्न भएको छ ।
मावि शिक्षक युनियन नेपाल (हिस्टुन) नुवाकोटको सम्पन्न भेलाले आगामी कार्यकालका लागि अध्यक्षमा श्रीराम नेपाललाई चयन गरेको छ । भेलाले उपाध्यक्षमा खमलाल तिमल्सिना र इन्दिरा गड्तौला, सचिवमा राजुकमार रिमाल, अर्थसचिवमा चोपवहादुर थापा र सहसचिवमा निराजनमान अमात्यलाई चयन गरेको छ ।
सदस्यहरुमा सागर लामा, अजय पौडेल, माधवप्रसाद गजुरेल, महेश्वरी लामिछाने र शंकर पासवानलाई चयन गरेको निर्वाचन समितिका संयोजक नारायण श्रेष्ठले जानकारी दिए । भेलाले केन्द्रीय प्रतिनिधिहरुमा नारायण श्रेष्ठ, मिमवहादुर मानन्धर, राकेशप्रसाद शाह र शिवराम ढकाललाई चयन गरेको छ ।
यसअघि, भेलाको मावि शिक्षक युनियनका केन्द्रीय अध्यक्ष टीकाप्रसाद न्यौपानेले उद्घाटन गरे । शिक्षाको गुणस्तरियताका लागि आफुहरु क्रियाशील रहेको उनले वताए ।
अध्यक्ष न्यौपानेले माध्यामिक शिक्षकहरुको हकअधिकार सुनिश्चितताको आवाज उठाउन ट्रेड युनियनको रुपमा हिस्टुनले काम गर्दै आएको दावी गरे । नेपाल शिक्षक महासंघको २९ दिने आन्दोलनका क्रममा हिस्टुनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै न्यौपानेले सरकारसँग गरिएका सम्झौता अनुसार विद्यालय शिक्षा ऐन जारी नभएमा अर्को चरणको आन्दोलनका लागि तयार रहन समेत आव्हान गरे ।
कार्यक्रममा युनियनका केन्द्रीय अर्थ उपमहासचिव यज्ञबहादुर घिमिरेले साविकको उच्च मावि तहमा कार्यरत शिक्षकहरुको छाता संगठनको रुपमा हिस्टुन क्रियाशिल रहेको वताए । भेलामा युनियनलाई सवै स्थानीय तहमा विस्तार गर्दै शिक्षकहरुको हकअधिकार सुनिश्चितताका लागि नयाँ कार्यसमिति क्रियाशिल रहने अध्यक्ष श्रीराम नेपालले प्रतिबद्धता जनाए ।


सर्वाधिक रुचाइएको