नुवाकोटलाई चार अर्व ५२ करोड वजेट

सवैभन्दा वढि विदुर र थोरै किस्पाङलाई
लोकखबर
२०८२ जेष्ठ २४, शनिबार १८:२९

विदुर–नुवाकोटमा रहेका स्थानीय तहमार्फत चार अर्व ५२ करोड रुपेया वजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि १२ स्थानीय तहलाई कूल ४ अर्व ५२ करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ ।
प्राप्त वजेट विवरणअनुसार सबैभन्दा बढी बजेट विदुर नगरपालिकाले पाएको छ, जसलाई ६१ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको हो । सवैभन्दा कम किस्पाङ गाउंपालिकाले २३ करोड ३७ लाख रुपैया पाएको छ ।
दोस्रो धेरै बजेट प्राप्त गर्नेमा बेलकोटगढी नगरपालिका रहेको छ, वेलकोटगढीले ५२ करोड ४४ लाख रुपैयाँ वजेट पाएको छ । त्यसपछि ककनी गाउँपालिकाले ३८ करोड ५४ लाख, दुप्चेश्वरले ३७ करोड ६८ लाख, शिवपुरीले ३५ करोड ३५ लाख र लिखुले ३० करोड ४८ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, तादी गाउँपालिकाले २९ करोड १० लाख, सूर्यगढीले २९ करोड ४ लाख, म्यागङले २६ करोड १८ लाख, पञ्चकन्याले २५ करोड ८० लाख, तारकेश्वरले २३ करोड ८६ लाख र किस्पाङ गाउँपालिकाले २३ करोड ३७ लाख रुपैयाँको बजेट पाएका छन् । स्थानीय तहहरूले यही बजेट सीमाभित्र रहेर आन्तरिक आम्दानीको अनुमानसहित आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याउने तयारी गरिरहेका छन् ।
नुवाकोटमा रहेका स्थानीय तहले संघीय सरकारबाट प्राप्त गरेको बजेट अनुसार आफ्नो वजेट योजना तयार पारिरहेका छन् । नुवाकोटमा सवैभन्दा वढि माग सडक वाटोको हुने गरेको छ ।


सर्वाधिक रुचाइएको